तपाई कसैसँग नियमित यौन सम्पर्क राख्नु हुन्छ भने तपाईलाई मुटु रोग लाग्ने संभावना कम छ । नियमित रूपमा राखिने यौनसम्पर्कले मुटुलाई मजवुत बनाउने एक अनुसन्धानले देखाएको छ । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका बैज्ञानिकहरूले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ । तर यौनसम्पर्क स्वस्थ र सुरक्षित हुनुपर्छ ।
यौनसम्पर्क नराख्ने व्यक्तिमा मुटु रोगको संभावना, सातामा दुईपटक भन्दा बढी यौनसम्पर्क राख्नेमा भन्दा ५५ प्रतिशत बढी हुन्छ । ४० देखि ७० वर्षसम्मका १ हजार पुरूषमा १६ वर्षसम्म गरिएको अध्ययन पछि वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन् । यदि यौन आवश्यकता समयमै पूरा भएमा शारीरिक रूपमा समेत मानिस स्वस्थ रहने समेत अनुसन्धानले देखाएको छ ।
आफ्नो मायालुसँग विताएको क्षणले पुरूषलाई भावनात्मक रूपमा समेत फाइदा हुनाले चिन्ता, तनाव जस्ता मानसिक रोगबाट मुक्ती मिल्छ । यसको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहन्छ ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago