काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्यमा भारी गिरावट आएपछि नेगेटिभ सर्किट लागेको हो । 

दोस्रो बजारमा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतभन्दा बढीले गिरावट आएपछि नेगेटिभ सर्किट लागेको हो । गत बिहीबार प्रतिकित्ता १ हजार १९४ रुपैयाँ अन्तिम मूल्य रहेको कम्पनीको सेयरमा आइतबार गिरावट आएर प्रतिकित्ता १ हजार ७० रुपैयाँ प्रतिकित्ता पुगेको छ । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको ३६८ कित्ता सेयर बिक्री पोस्ट भएको छ भने खरिदतर्फ एउटा पनि पोस्ट भएको छैन । यसले कम्पनीको सेयर बेच्नेको चाप बढी देखाएपछि किन्नेतर्फ कसैले चासो देखाएको देखिन्छ ।