काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी असार १२ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका २ लाख ८८ हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो । 

हकप्रदका लागि योग्य सेयरधनीले साउन १५ सम्म खरीदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले हकप्रद प्रयोजनका लागि असार २ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ असार १ गतेसम्म यो कम्पनीको सेयरधनी कायम भएकाहरुले हकप्रद खरीद गर्न सक्नेछन् । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 

यो कम्पनीले हालै आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयर र सतप्रतिशत हकप्रद सेयर समेत वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ६ करोड ३३ लाख पुग्नेछ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ करोड ८२ लाख खूद नाफा आर्जन गरेको थियो ।