काठमाण्डौ । सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्तावपछि जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्यमा समायोजन गरिएको छ। 

जनउत्थानले आफ्ना सेयरधनीहरुलाई गत वर्षको आम्दानीबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले कम्पनीको से यरमूल्य समायोजन गरेको हो । सेयरमूल्य समायोजनपछि कम्पनीको प्रतिकित्ता सेयर १ हजार ९० रुपैयाँ ९१ पैसा कायम गरिएको छ। समायोजनका क्रममा आधारमूल्य १ हजार २६४ रुपैयाँ २० पैसा कायम गरिएको थियो । 

कम्पनीले मर्जरमा जाने विशेष प्रस्तावसहित आउँदा असार ३० गते आठौँ वगार्षिक साधारणसभा गर्दैछ । बोनस सेयर तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले हिजो मंगलबार बुक क्लोज गरेको थियो।