काठमाण्डौ । आपसमा गाभिएपछि जनता बैंकको सेयर ग्लोबल आईएमई बैंकको नाममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

आपसमा मर्ज भई एकीकृत कारोबार सुरु गरेको करिब डेढ महिनापछि जनता बैंकको सेयर ग्लोबल आईएमई बैंैकको नाममा सूचीकृत भएको छ । नेप्सेमा रहेको जनता बैंैकको ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता सेयर ग्लोबल आईएमईको नाममा सूचीकृत भएको हो ।

आपसमा मर्ज भएपछि ग्लोबल आईएमई बैंककै नामबाट गत मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु भइसकेको छ ।

ग्लोबल आईएमई बैंक र जनता बैंकबीच १:०.८५ सेयर स्वाप अनुपातमा मर्जर प्रक्रिया टुंगिएको थियो ।