काठमाण्डौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेको नेकपा एमालेले आज सार्वजनिक गरेको घोषणापत्रमा जनता ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
घोषणापत्रमा बर्खायाममा मासिक ५० यनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख छ।
त्यस्तै ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्न दुई वर्षमा विद्युतमा पहुँच पुग्ने जनसंख्या सतप्रतिशत पुर्याइने घोषणापत्रमा उल्लेख छ। ‘५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघन्टा पुर्याइनेछ’, घोषणापत्रमा भनिएको छ।
आगामी २ वर्षभित्रै सबै परिवारमा पिउनेपानीको आधारभूत सुविधा पुर्याउने एमालेले प्रतिबद्धता गरेको छ। ‘सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराइनेछ’, घोषणापत्रमा संकल्प गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago