काठमाण्डौ । पछिल्लो समय विभिन्न क्षेत्रका कम्पनीहरु पनि बिस्तारै सर्वसाधारणमा सेयर जारी गर्ने बाटोतर्फ अग्रसर हुन थालेका छन् । यस क्रममा प्रकाशन तथा प्रसारणसँग सम्बन्धित काम गर्ने विभिन्न मिडियाहरुले समेत सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया सुरु गरेका छन् ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेडले पनि निकट भविष्यमै आइपीओ जारी गर्ने उद्देश्यले आवश्यक प्रक्रियालाई अगाडि बढाएको छ । प्रक्रियामा कुनै अवरोध भएन भने यो प्रकाशन संस्था आइपीओ जारी गर्ने देशकै पहिलो मिडिया कम्पनी बन्नेछ ।
यो कम्पनीको आइपीओ निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड नियुक्त भएको छ ।
बिहीबार जनता प्रसारण तथा प्रकाशन लिमीटेड र ग्लोबल आइएमई क्यापिटल लिमीटेडबीच यस्तो सम्झौता भएको हो ।
सम्झौतापत्रमा जनता प्रसारणका तर्फबाट सञ्चालक समिति अध्यक्ष डा.विजयकुमार पौडेल र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले जनता आइपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको शुरुवात हुने दाबी गरेका थिए ।
ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले नेपालको शेयर बजारमा मिडिया क्षेत्रको आइपीओ पहिलोपटक जारी हुन लागेको जानकारी दिए ।
यसले नेपालको शेयरबजारमा नयाँ प्लेटफर्म भित्रिने र सर्वसाधारण शेयर लगानीकर्ताहरुले समेत नयाँपनको अनुभूति गर्न पाउने उनको भनाई थियो ।
झण्डै १२ सयभन्दा बढी सर्वसाधरण शेयरधनीहरुको संस्थापक शेयर लगानी रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९.१, जनता समाचार डट कम र जनता प्रकाशन सञ्चालन गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago