काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको मंगलबार प्रिओपनिङ सेसनमा पहिलो कारोबार हुन सकेन। जसका कारण आज यो कम्पनीको नियमित कारोबार नखुल्ने भएको छ।

आज स्पेसल प्रिओपन सेसन ९१०ः३० देखि १०ः४५० मा पहिलो कारोबार १० कित्ता नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता १०१.७६ देखि ३०५.२८ रुपैयाँमा कारोबार सम्पन्न नभएका कारण नियमित समय (११ देखि ३ बजे) जनरल इन्स्यारेन्सको सेयर कारोबार नहुने भएको हो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच हिजो सोमबार सेयर सूचीकरणसम्बन्धी सम्झौता भएको थियो। कुनै पनि कम्पनीको सेयर सूचीकरण सम्झौता भएको भोलिपल्टदेखि मात्र दोस्रो बजारमा कारोबार हुने गर्छ। सोही कारण जनरल इन्स्योरेन्सको सेयर पनि आजबाट दोस्रो बजारमा कारोबारमा आउने भनिएको थियो। 

हिजो नेप्सेमा यो कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका १ करोड कित्ता साधारण सेयर सूचीकृत भएको थियो। 

जनरल इन्स्योरेन्सलाई नेप्सेले जीआईसी कोड प्रदान गरेको छ।

यो कम्पनीले प्रतिकित्ता १०० दरका रु. ३० करोडबराबरको आईपीओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।