काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० लाख कित्ता आइपीओ आउने भएको छ ।

सर्वसाधारणका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि बिहीबार नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो । 

बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीका चुक्तापूँजीको ३० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर प्रतिकित्ता रु.१०० दरले निश्कासन गरिनेछ । 

जनरल इन्स्योरेन्स कम्पनीको सेयर बिक्री तथा निष्कासनकर्ताका रुपमा एनआइबीएल एस क्यापिटल लिमीटेड रहेको छ ।