security board of Nepal
काठमाण्डौ । सेयर बजार परिसूचक बढेर १७ सय माथि पुुगेपछि धितोपत्र बोर्डले एक विज्ञप्ति प्रकाशित गरी लगानीकर्ताहरुलाई अलर्ट(सचेत) गराएको छ ।
बजारको नियामकले संचारमाध्यमले दिने सामाग्री गलत भनेर प्रचार गरिनुुलाई अनौठो रुपमा हेरिएको छ ।
बोर्डका प्रवक्ताले बुधबार एक विज्ञप्तिमार्फत बजारमा चलाइने हल्लाको पछि नलाग्न र कम्पनीको आधारभूत अवस्था आफैंले विश्लेषण गरेर मात्र लगानी गर्न आग्रह गरेको हो ।
बोर्डले बजार ओरालो लागेर १२ सयको हाराहारीमा पुुग्दा चाहि यति साह्रो गम्भीरता प्रदर्शन गरी लगानीकर्तालाई अलर्ट गराउने गरेको थिएन । बजार बढ्दा मात्र बोर्डबाट विज्ञप्ति आउने परम्परालाई कतिपयले अर्थपूर्ण भन्ने गरेका छन् ।
बोर्डले विभिन्न संचारमाध्यम र अनलाइन पोर्टलहरुको समाचार सामाग्रीप्रति लगानीकर्ताहरुमा भ्रम छर्ने उद्देश्यले विज्ञप्ति जारी गरेको देखिन्छ ।
बजारको नियामकले संचारमाध्यमले दिने सामाग्री गलत भनेर प्रचार गरिनुुलाई अनौठो रुपमा हेरिएको छ । तथापि, उसले अनुमानको भरमा प्रकाशित भएका सूचना, समाचार तथा विचारप्रति सचेत रहन गरेको आग्रह भने सकारात्मक नै छ । बोर्डले सामाजिक सञ्जालहरुमा चलाइने हल्लाबाट समेत सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ ।
‘धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, संवेदनशील सूचनाहरु जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन र भावी योजनाहरुका साथै देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताहरुको बजार प्रतिको विश्वास आदिले समेत प्रभाव पार्ने गर्दछ ।’ बोर्डको विज्ञप्तिमा भनिएको छ-''हाल देशको आर्थिक परिसूचकहरु तथा अधिकाशं सूचिकृत कम्पनीहरुको अवस्था सन्तोषजनक देखिन्छ, तथापी विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको अडकल तथा अनुमान अनुरुप शेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहन सक्दछ ।’
उसले हल्लाको पछि नलागी धितोपत्र बजारमा लगानी गर्दा देशका विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषण लगायत लगानीकर्ता स्वयंको जोखिम बहन गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गरी सत्य तथ्य बुझ्नुुपर्नमा जोड दिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago