काठमाण्डौ । अपरिचित समूहले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलेको छ। 

काठमाण्डौको जमलस्थित एउटा होेटेलमा सोमबार दिउँसो प्रसाईंमाथि अपरिचित समूहले कालोमोसो दलेको हो। प्रसाईंले होटेलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटेलबाहिर निस्किने क्रममा उनीमाथि कालो दलिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ। 

हाल प्रसाईंलाई प्रहरीले उद्धार गरी प्रहरी वृत्त दरबारमार्गमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।