काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटाको नलगाड नगरपालिकास्थित कालीमाटी बजारमा १०७ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।
गत शुक्रबारदेखि सञ्चालनमा आएको उक्त शाखारहित बैंकिङका लागि स्थानीय व्यवसायी अमरबहादुर बोहरालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ। देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तारलाई तीव्रता दिइएको पनि बैंकको भनाइ छ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले राखेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19