काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। 

कम्पनीले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा अशोककुमार जालानको नाममा रहेको ७५ हजार कित्ता र अशोककुमार साहको नाममा रहेको ५८ हजार कित्ता रहेका छन्। 

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुमात्रै खरिद आवेदन दिन सक्नेछन्। 

संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई संस्थाको कम्पनी सचिव कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। 

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।