काठमाण्डौ । जापानलाई पछि सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। 

लगातार ५ वर्ष शीर्ष स्थानमा रहेको जापानलाई पछि पार्दै सिंगापुरको पासपोर्ट शीर्ष स्थान उक्लिन सफल भएको हो। हेनले पासपोर्ट इन्डेक्स सार्वजनिक गरेको विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा जापान तेस्रो स्थानमा झरेको छ। 

हेनलेले कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गर्ने गर्छ। हेनलेका अनुसार सिंगापुरका नागरिकले विश्वका २२७ स्थानमध्ये १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउनेछन्।

शक्तिशाली पासपोर्टको सूचीको दोस्रो स्थानमा १९० गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने जर्मनी, इटाली र स्पेन छन् भने तेस्रो स्थानमा अस्ट्रिया, फिनल्यान्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्विडेन रहेका छन्। 

यसैगरी चौथो स्थानमा डेनमार्क, आयरल्यान्ड, नेदरल्यान्ड्स र बेलायत छन्। यी देशका नागरिक बिना पासपोर्ट १८८ वटा देशको यात्रा गर्न सक्छन्। 

शक्तिशाली पासपोर्टको सूचीमा बेल्जियम, चेक रिपब्लिक, माल्टा, न्युजिल्यान्ड, नर्वे, पोर्चुगल र स्विट्जरल्यान्ड पाँचौँ स्थानमा छन्। यी देशका नागरिक बिना पासपोर्ट १८७ वटा देश घुमफिर गर्न सक्छन्। 

यो सूचीमा अमेरिका आठौँ स्थानमा छ। अमेरिकी नागरिक पनि बिना पासपोर्ट १८४ देशमा जान सक्छन्। 

चिनियाँ नागरिकले भने बिना पासपोर्ट सहजै ८० वटा देशमा घुमफिर गर्न सक्छन्। चीन यो सूचीको ६३ औँ स्थानमा छ।

दक्षिण एसियाली मुलुकहरुको कुरा गर्ने हो भने शक्तिशाली पासपोर्टको सूचीमा माल्दिभ्स ५७ औँ, भारत ८० औँ स्थानमा, भुटान ८४ औँ स्थानमा रहेका छनु। श्रीलंका, बंगलादेश र नेपाल क्रमशः ९५औँ, ९६औँ स् ९८औँ स्थानमा छन्। नेपालले ३८ वटा देशमा मात्र बिना भिसा सजिलै भिसा प्राप्त गर्न सक्छन्।

यसैगरी पाकिस्तान, सिरिया, इराक र आफगानिस्तान क्रमशः १०० औँदेखि १०३ औँ स्थानमा छ। आफगानिस्तान शक्तिशाली पासपोर्टको सूचीमा सबैभन्दा तल रहेको छ। यो देशका नागरिकले बिना पासपोर्ट सहजै २७ वटा देशमात्रै घुम्न पाउँछन्।