Water Jar
काठमाण्डौ । जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन्। पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका छन्।
बोतल तथा जार एसोसिएशनका अध्यक्ष सुवास भण्डारीका अनुसार अहिले काठमाडौँ उपत्यकाभित्र एक लाख २० हजार जार र दुई लाख बोतलका पानी दैनिक रुपमा खपत भइरहेका छन्। हैजा नियन्त्रण बारेमा गुठी संस्थाद्वारा आज आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा गुणनिधि शर्माले यस पटक उपत्यकामा देखिएका अधिकांश हैजा असुरक्षित पानीका कारण भएको बताए।
काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्लामा असार, साउन र भदौमा यस पटक एक सय ४५ जनामा हैजाको किटाणु भेटिएको थियो। तीमध्ये २४ प्रतिशत विद्यालयका बालबालिका थिए। सबैभन्दा बढी निर्माण कामदारमा हैजा देखिएको डा. शर्माले जानकारी दिए।अहिले उपत्यकाको जनसङ्ख्या ४० लाखको हारहारीमा पुगिसकेको बताइन्छ। 'खानेकुरा र सरसफाइभन्दा पानीकै कारण उपत्यकामा हैजाका बिरामी भेटियो। हैजाका बिरामीमध्ये अधिकांशले धाराको पानी र जारका पानी सिधै पिउनाले हैजाबाट सङ्क्रमित भए,' उनले भने।
डा शर्माले कम्पनीले पिउनयोग्य भनी सिलछाप गरेका जार र बोतलका पानीको परीक्षण गर्दा ५० प्रतिशत जारका पानी पिउन अयोग्य भटिएको जानकारी दिए।यस पटक उपत्यकाभित्र काठमाडौँको बाफल क्षेत्रमा सर्वप्रथम हैजाको सङ्क्रमण देखिएको थियो। यसपछि डल्लु, सामाखुसी, डाँछी, त्रिपुरेश्वर, सुनधारा, थानकोट तथा ललितपुरका गोदावरी, लगनखेल, बालकुमारी थैव, ठेचो, भैँसेपाटी र धापाखेलमा यसका बिरामी भेटिएको थियो।
कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका गुणस्तर शाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले ट्यांकरका तुलनामा जारको पानीको गुणस्तर हुने भए पनि सिधै पिउन योग्य नहुने बताए।ट्यांकर व्यवसायी विष्णु दाहाल, उपेन्द्र पाठक तथा अध्यक्ष भण्डारीले पानीकै कारणै उपत्यकामा हैजाको सङ्क्रमण नदेखिएको स्पष्ट पार्दै तरकारी तथा अन्य खाद्य पदार्थका कारण हैजा देखिएको बताए। उनीहरुले ५० प्रतिशत जारका पानी पिउन अयोग्य नभएको जिकिर समेत गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago