काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज नेप्सेमा सूचीकृत भएसँगै सेयर आइतबारबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिन धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ। भोलि शनिबार परेको पर्सि आइतबारबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ। 

नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको कुल १६ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १० लाख ७८ हजार र सर्वसाधारण समूहको ५ लाख २२ हजार कित्ता छन्। 

नेप्सेले जाल्पा सामुदायिक लघुवित्तलाई ‘जेएएलपीए’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १६४.६० रुपैयाँ र अधिकतममा ४९३.८० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। नेप्सेले तोकेको रेन्जभित्र यदि यो लघुवित्तको सेयर स्पेस प्रि–सेसनमा किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। 

यो लघुवित्त गत माघ २१ गतदेखि माघ २५ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड गत फागुन १ गते गरिएको थियो। 

आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो।