काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

जाल्पा सामुदायिक लघुवित्तको सञ्चालक समितिको निर्णयअनुसार प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो। 

अब जाल्पा सामुदायिकको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्यहरु प्रभु क्यापिटलले गर्नेछ।