काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो लघुवित्तको आईपीओ बाँडफाँड आज दिउँसो ४ बजे हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको बालुवाटारस्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा राखिएको छ।
प्राप्त आवेदनको हिसाबले यो आईपीओमा अहिलेसम्मकै सर्वाधिक आवेदन प्राप्त भएको छ। कुल ५ लाख २२ हजार साधारण कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो। अन्तिम दिनसम्म २७ लाख ६ हजार ७६७ जना आवेदकबाट कुल ३ करोड ३१ लाख १३ हजार ३०० कित्ता सेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार ४८ हजार ७९० आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् भने साढे २६ लाख बढी आवेदकको हात खालि हुने भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19