काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से इन्डेक्स आज १४.२९ अंकले घटेर १८६४ विन्दुमा कायम हुन पुगेको छ। 

नेप्सेमा रहेका सबै उपसूचक आज राताम्मे भएका छन्। बीमा समूहका दुईवटै उपसूचक उच्च अंकले घटेका छन्। जीवन बीमा उपसूचक १.४६ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६० प्रतिशतले घटेको छ। 

आज १३ वटा उपसूचकमध्ये सर्वाधिक जीवन बीमा उपसूचक घटेको छ। 

बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने कम्पनीमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ १.१६ प्रतिशत अर्थात् १५१ रुपैयाँले बढेर १३ हजार १५१ रुपैयाँ पुगेको छ। त्यस्तै, शिखर इन्स्योरेन्सको ०.३९ प्रतिशतले बढेर सेयरभाउ ७२७.८० रुपैयाँ पुगेको छ। 

अधिकांश बीमा कम्पनीको सेयरभाउ आज घटेका छन्। सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ ३.९६ प्रतिशत अर्थात् १९.८० रुपैयाँले घटेर ४८० रुपैयाँ कायम भएको छ। ६०० रुपैयाँमाथि रहेको कम्पनीको सेयरभाउ निरन्तर घटेर ४८० रुपैयाँमा पुगेको छ। 

लगातार सेयरभाउ घट्दा आज लगानीकर्ताहरुले यो कम्पनीको सेयर खरिद बुक गर्दा पनि सर्वाधिक सेयर कारोबार हुन पुगेको छ। कम्पनीको आज १ करोड ७० लाख रुपैयाँ माथिको कारोबार भएको छ। 

यसका साथै सिटिजन लाइफ इन्स्योरेन्सको पनि १ करोड २३ लाख रुपैयाँ माथिको कारोबार भएको छ। 

त्यस्तै, दोस्रो सर्वाधिक गुमाउनेमा एसियन लाइफ रहेको छ। यो कम्पनीको सेयरभाउ ३.६० प्रतिशतले घटेर ६१६ रुपैयाँ कायम भएको छ। प्रभु इन्स्योरेन्सको सेयरभाउ पनि १.९७ प्रतिशतले घटेर ६४८ रुपैयाँ कायम भएको छ। 

त्यस्तै सलिकोको १.८५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.७६ प्रतिशत, एलआईसी नेपालको १.६४ प्रतिशत, युनाइटेड अजोडको १.५८ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.४० प्रतिशत, सानिमा रिलायन्स लाइफको १.३८ प्रतिशत, हिमालयन लाइफको १.२८ प्रतिशत, आइएमई लाइफको १.२६ प्रतिशत, नेसनल लाइफको १.११ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.०५ प्रतिशत, नेपाल लाइफको ०.९४ प्रतिशत, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ०.९३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.६७ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको ०.५७ प्रतिशत, सन नेपाल लाइफको ०.४८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.१७ प्रतिशतले घटेको छ।