काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा विराटनगरस्थित जिल्ला कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान गरिएको छ।

मोरङ कारागारमा लगभग १ हजार १०० कैदीबन्दी छन्। यो खानेपानी जडानले ती कैदीबन्दी लाभान्वित हुने संस्थाको अपेक्षा छ। 

कारागारमा पानीमा कन्डिक्टिभिटी, आइरन (ईएफ), एमएन, एएसको मात्रा बढी भई छालासम्बन्धी एलर्जी, लुतो र पेटको रोगहरुको समस्या देखा परेको थियो। अबोप्रन्त यस प्लान्ट जाडान भएपछि उक्त समस्या समाधान हुने संस्थाको विश्वास छ। 

यस जडित प्लान्टको नाम (वाटर ट्रिमेन्ट प्लान्ट १००० एलपीएच) यूभी प्लान्ट रहेको छ। कारागारमा ३ वटा प्लान्ट जडान गरिएका छन्। ती प्लान्ट जडान गर्न सहयोगी संस्थाहरुमा जीवन विकास लघुवित्तका साथै फरवार्ड लघुवित्त, गुराँस लघुवित्त र सपोर्ट लघुवित्त छन्। 

यी प्लान्ट जडानमा ४ लाख रुपैयाँ लागत लागेको संस्थाले जनाएको छ।