Gold Bars
काठमाण्डौ । जेठ महिनाको अन्तिम दिन मंगलबार पहेंलो धातु सुनको मूल्य महिनाकै उच्च विन्दूमा पुगेको छ ।
सोमबार प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार भने तोलामा ३ सय रुपैयाँले बढी ५६ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मंगलबार कायम भाउ जेठ महिनाकै उच्च हो । जेठ १ गते सुनको भाउ ५६ हजार ३ सय रहेको थियो । यो मूल्य जेठ ५ गतेसम्म स्थिर रह्यो । जेठ ६ गते तोलामा ३ सय रुपैयाँले गिरावट आई सुन प्रति तोला ५६ हजारमा ओर्लिएको थियो । जेठ १० गतेसम्म यो मूल्य स्थिर रह्यो । त्यसपछि उतारचढावकै बीच सुनको तोलाको ५४ हजार रुपैयाँसम्म झरेको थियो ।
जेठ २३ गतेदेखि चाहि सुनको उकालो यात्रा सुरु भएको थियो । सो दिन सुन २१ गतेको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढी ५५ हजार ३ सय कायम भएको थियो । उकालो यात्रा जारी रहँदा जेठको अन्तिम दिन ३२ गते सुन ५६ हजार ६ सय कायम भएको हो ।
चाँदीको भाउ भने स्थिर रह्यो । आइतबारदेखि प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार पनि सोही भाउमा किनबेच भयो ।
अन्तराष्टिय बजारमा सुनको भाउ बढिरहेको र त्यसको प्रभाव नेपाली बजारमा समेत परेका कारण केही समय करेक्सनको मोड समातेको सुनले पुनः उकालो यात्रा सुरु गरेको महासंघले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago