काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठको पहिलो साता हुने संकेत गरेका छन्। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले स्थानीय तहको निर्वाचनको मिति तोक्न एकहप्ते अल्टिमेटम दिएकै बेला प्रधानमन्त्री देउवाले जेठको पहिलो साताको स्थानीय तहको निर्वाचन हुने संकेत गरेका हुन्। 

बालुवाटारमा कांग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले भने, ‘२०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुन्छ।’

देउवाले स्थानीय तहको चुनावको तयारीमा जुट्न बागमती प्रदेशका पदाधिकारीहरुलाई निर्देशन दिएका छन्। 

यसैबीच प्रधानमन्त्री देउवाले निर्वाचनका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे निर्वाचन आयोगका पदाधिकारीहरुलाई डोकेका छन्। 

छलफलमा आयोगले परिस्थितिको विश्लेषण गरेर चुनावको मिति प्रस्ताव गर्ने सम्भावना छ। स्रोतका अनुसार आयोगले एकै चरणमा वा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सकिने प्रस्ताव गर्नेछ। यसअघिको स्थानीय तहको निर्वाचन पनि दुई चरणमा पुगेको थियो। 

उता प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकारलाई स्थानीय तहको मिति तोक्ने एकहप्ले अल्टिमेटम दिइसकेको छ। चुनावको मिति घोषणा गर्न अनाकानी गरे संघर्षमा उत्रिने एमालेले चेतावनी दिएको छ।