काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। 

जेठमा इक्विटी फन्डको न्याभ बढेर १०.३७ रुपैयाँ कायम भएको छ। गत वैशाखमा यो योजनाको न्याभ ९.५७ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब २३ करोड रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म यस्तो लगानी ९५ करोड ७३ लाख रुपैयाँ थियो।

जेठमा यो योजनाको कुल नाफा ३ करोड ५४ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा कुल नोक्सानी ६ करोड ४१ लाख रुपैयाँ थियो।

जेठमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि बढेर १०.२४ रुपैयाँ कायम भएको छ। गत वैशाखमा न्याभ ९.४४ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ६ करोड रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म यस्तो लगानी १ अर्ब ५५ लाख रुपैयाँ थियो।

जेठमा यो योजनाको कुल नाफा १ करोड ६० लाख रुपैयाँ रहेको छ। गत वैशाखमा कुल नोक्सानी ७ करोड ३४ लाख रुपैयाँ थियो।

यसैगरी जेठमा ब्यालेन्सड् फन्ड–३ को न्याभ बढेर ८.७९ रुपैयाँ कायम भएको छ। गत वैशाखमा न्याभ ८.१६ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ९८ करोड ५९ लाख रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म यस्तो लगानी ८७ करोड ९४ लाख रुपैयाँ थियो।

जेठमा यो योजनाको कुल नाफा २ करोड ७२ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा कुल नोक्सानी ५ करोड १७ लाख रुपैयाँ थियो।

जेठमा फ्लेक्सी क्याप फन्डको न्याभ पनि बढेर ९.८७ रुपैयाँ कायम भएको छ। गत वैशाखमा न्याभ ९.३७ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल २९ करोड ३७ लाख रुपैयाँ लगानी भएको छ। गत वैशाख कुल लगानी २६ करोड ८२ लाख रुपैयाँ थियो। 

जेठमा यो योजनाको कुल नोक्सानी ५९ लाख ६७ हजार रुपैयाँ रहेको छ। गत वैशाखमा यो योजनाको कुल नोक्सानी २ करोड ९३ लाख रुपैयाँ रहेको थियो।