 
                     
                                
                             
                                    काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुका आज जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएका छन्।
आज एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फन्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फन्ड–इको वित्तीय विवरण सार्वजनिक भएको हो। जेठमा यी तीनैवटा योजनाका प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ।
जेठमा एनएमबि हाईब्रिड फन्ड एल–१ को न्याभ घटेर १२.८७ रुपैयाँमा झरेको छ। गत वैशाख न्याभ १३.८४ रुपैयाँ रहेको थियो।
जेठ महिनासम्म यो योजनाले सूचीकृत सेयर र ऋणपत्रमा क्रमशः ५७ करोड २७ लाख रुपैयाँ र ३८ करोड २२ लाख रुपैयाँ रहेको छ। वैशाखसम्म यस्तो लगानी क्रमशः ६५ करोड ३५ लाख रुपैयाँ र ३८ करोड ३ लाख रुपैयाँ रहेको थियो।
जेठसम्म योजनाअन्तर्गत कुल १ अर्ब १२ करोड रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म कुल लगानी १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।
जेठमा यो योजनाको व्यय २० करोड २५ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा व्यय १० करोड ५५ लाख रुपैयाँ रहेको थियो।
यसैगरी जेठमा एनएमबि फिफ्टीको न्याभ पनि घटेर १३.२० रुपैयाँमा झरेको छ। गत वैशाख न्याभ १४.६९ रुपैयाँ रहेको थियो।
जेठ महिनासम्म यो योजनाले सूचीकृत सेयर र ऋणपत्रमा क्रमशः १ अर्ब २ करोड र १५ करोड ८७ लाख रुपैयाँ रहेको छ। वैशाखसम्म यस्तो लगानी क्रमशः १ अर्ब १६ करोड रुपैयाँ र १६ करोड २ लाख रुपैयाँ रहेको थियो।
जेठसम्म योजनाअन्तर्गत कुल १ अर्ब ३९ करोड रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म कुल लगानी १ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो।
जेठमा यो योजनाको व्यय ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा व्यय १५ करोड ९८ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै जेठमा एनएमबि सरल बचत फन्ड–इको न्याभ पनि घटेर ८.८१ रुपैयाँमा झरेको छ। गत वैशाख न्याभ ९.६३ रुपैयाँ रहेको थियो।
जेठ महिनासम्म यो योजनाले सूचीकृत सेयर र सार्वजनिक निष्कासन, हकप्रद तथा बोनस सेयरमा क्रमशः २८ करोड ५९ लाख रुपैयाँ र १ करोड १७ लाख रुपैयाँ रहेको छ। वैशाखसम्म यस्तो लगानी क्रमशः ३२ करोड १ लाख रुपैयाँ र १ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
जेठसम्म योजनाअन्तर्गत कुल ३७ करोड ६७ लाख रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म कुल लगानी ४१ करोड ६३ लाख रुपैयाँ रहेको थियो।
जेठमा यो योजनाको व्यय ६ करोड ५९ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा व्यय २ करोड ५ लाख रुपैयाँ थियो।
यी फन्डहरुको योजना व्यवस्थापकमा एनएमबि क्यापिटल र कोष प्रवर्द्धकमा एनएमबि बैंक रहेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19