काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाका जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेका शुभ लक्ष्मी कोष, लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी उन्नति कोषको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ३ वटैको न्याभ बढेको छ। 

जेठमा शुभ लक्ष्मी कोषको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेर ९.९६ रुपैयाँ पुगेको छ। वैशाखमा न्याभ ९.२६ रुपैयाँ थियो। 

यो योजनाको जेठमा कुल लगानी घटेर १८ करोड ६८ लाख रुपैयाँमा सीमित बनेको छ। वैशाखमा कुल लगानी १८ करोड ७२ लाख रुपैयाँ थियो। 

जेठमा यो योजनाको कुल व्यय ९ लाख ७५ हजार रुपैयाँ रहेको छ। वैशाखमा कुल व्यय २ करोड ८ लाख रुपैयाँ थियो। 

जेठमा लक्ष्मी इक्विटी फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) पनि बढेर १०.५६ रुपैयाँ पुगेको छ। वैशाखमा न्याभ ९.७२ रुपैयाँ थियो। 

यो योजनाको जेठमा कुल लगानी बढेर ८९ करोड ४० लाख रुपैयाँ पुगेको छ। वैशाखमा कुल लगानी ८० करोड ७२ लाख रुपैयाँ थियो। 

जेठमा यो योजनाको कुल व्यय १३ करोड ५७ लाख रुपैयाँ रहेको छ। वैशाखमा कुल व्यय २४ करोड ६ लाख रुपैयाँ थियो। 

जेठमा लक्ष्मी उन्नति कोषको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेर १०.६९ रुपैयाँ पुगेको छ। वैशाखमा न्याभ ९.९८ रुपैयाँ थियो। 

यो योजनाको जेठमा कुल लगानी बढेर ३९ करोड ४५ लाख रुपैयाँ भएको छ। वैशाखमा कुल लगानी ३६ करोड १८ लाख रुपैयाँ थियो। 

जेठमा यो योजनाको कुल व्यय ४ करोड १६ लाख रुपैयाँ रहेको छ। वैशाखमा कुल व्यय ८ करोड ८१ लाख रुपैयाँ थियो।