काठमाण्डौ । वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस कोरिया शाखाले यो वर्षको कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ । 

सोमबार एक सूचना प्रकाशित गर्दै इपीएस शाखाले आगामी जेठ २७ र २८ गते कोरियन भाषाको आठौं परीक्षा हुने र त्यसका लागि चैत ९ देखि १८ गतेसम्म आवेदन दिन सकिने बताएको हो । 

यसपटक कोरिया सरकारले नेपालबाट लैजाने कामदारको कोटा बढाएर १० हजार २ सय पुुर्याएको छ । जसमध्ये ४ हजार उत्पादनमूलक क्षेत्र र बाँकी ६ हजार २ सय कृषि तथा पशुपालन क्षेत्रतर्फ माग भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष कामदारको कोटामा करिब तीन गुणाले वृद्धि भएकोले समेत कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नेहरु रोजगारीका लागि कोरिया जान पाउने उच्च संभावना रहेको छ । 

यो पटक परीक्षा शुल्क २४ अमेरिकन डलर तोकिएको छ । आवेदकले जुन दिन आवेदन भर्ने हो त्यसको ठीक अघिल्लो दिनको सटही दर अनुसार २४ डलर रुपान्तरण भई कायम हुन आउने नेपाली रकम ग्लोबल आइएमई बैंकको देशभरका कुनै पनि शाखामा बुुझाउनुपर्नेछ । यो पटकको कोरियन भाषा परीक्षाको सम्पूर्ण कार्यतालिका, आवेदकको योग्यता लगायत विस्तृत सूचना यसप्रकार छ :