काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमीटेडले जेठ ३० गतेदेखि शेयरधनीलाई अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।
यो कम्पनीको जेठ ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चित नाफामा रहेको रकमबाट सेयरधनीहरुलाई लाभांशमा लाग्ने करसहित प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
सोही निर्णयलाई कार्यान्वयनमा लैजाँदै कम्पनीले जेठ ३० गते बिहीबारदेखि नेपाल क्लियरिङ्ग हाउसको आईपिइसमार्फत सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिने कम्पनीले प्रष्ट पारेको छ ।
नगद लाभांश बापतको रकम सेयरधनीको बैंक खातामा नै रकमान्तर गरिने र हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगरेका सेयरधनीहरु तथा विविध कारणले लाभांश रकम रकमान्तर हुन नसकेका सेयरधनीहरुले आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ हाउसको आइपीएस सदस्यताप्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउनुपर्नेछ ।
यसैगरी, बैंक खाता नम्बर रुजु नभएका, खाता रहेको बैंक नाम परिवर्तन भएका, नाम रुजु नभएका तथा अन्य विविध कारणले लाभांश रकम रकमान्तर हुन नसकेका सेयरधनीहरुको हकमा हितग्राही खातामा बैंक खाता अद्यावधिक भएपछि क्रमानुसार बैंक खातामा नगद लाभांश जम्मा गर्ने व्यवस्था मिलाइने कम्पनीको प्रष्टोक्ति छ ।
यस्तै, यो कम्पनीको सेयर जेठ १७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिनेछ । यस्तै, सो मितिपछि कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवापत्र प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने बताइएको छ ।
आर्थिक वर्ष २०७०/७१ र ०७१/७२ को नगद लाभांश संकलन नगरेका शेयरधनीलाई कम्पनीको जावलाखेलमा रहेको कार्यालयमा सम्पर्क गर्न सूचित गरिएको छ ।
कम्पनीले वितरण गर्ने उक्त लाभांश रकम यही जेठ १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग नारायणचौर नक्सालमा रहेको कम्पनीको शेयरधनी दर्ता किताबमा दर्ता भएका शेयरधनीले मात्र पाउनेछन्।
नेपाल स्टक एक्सचेञ्जमा उत्पादनमूलक कम्पनीमा सूचीकृत रहेको यस कम्पनीले चालु आव नसकिँदै लगानीकर्तालाई अन्तरिम लाभांश वितरण गर्न लागेको हो।
हिमालयन डिष्टिलरीले गत आव २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर करसहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago