काठमाण्डौ । सरकारले कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोपको लगाएकाहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक सूचना जारी गर्दै जोन्सन एन्ड जोन्सन खोपको एकमात्र डोज लिएर ३ महिना पूरा भएकालाई बुस्टर डोज लगाउन आग्रह गरेको छ। किनकि जोन्सन एन्ड जोन्सन खोपको एकमात्र मात्रा पूर्ण डोज मानिन्छ।
यसैगरी मन्त्रालयले कोभिडविरुद्धको अन्य खोपको दुवै मात्रा लगाएको ३ महिना पूरा भइसकेकाहरुलाई पनि बुस्टर डोज लगाउन आग्रह गरेको छ।
नजिकैको वडा कार्यालयमा सम्पर्क गरी बुस्टर डोज लगाउन सकिने मन्त्रालयले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19