काठमाण्डौ । वित्तीय अवस्था निकै खराब रहेको जोशी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड भोलि(मंगलबार) हुने भएको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भोलि बिहान १०ः३० बजे यो कम्पनीको आइपीओ बाँडफाँड हुनेछ ।

अन्तिम दिनसम्म यो कम्पनीको आइपीओमा ८३ हजार ७ सय ७० आवेदकले ५९ लाख कित्ता खरीदका लागि  आवेदन दिएका छन् । 
सबै लगानीकर्ताले १० कित्ताको दरले सेयर पाउने बताइएको छ । 

यो कम्पनीले १०० रुपैयाँ दरका १६ लाख ९० हजार ४ सय ७० कित्ता आइपीओ निश्कासन गरेको थियो । कुल कित्तामध्ये ५० हजार ७ सय १४ कित्ता कम्पनीका कर्मचारी तथा ८४ हजार ५ सय २३ कित्ता म्युचुअल फण्डका लागि र बाँकी रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।