काठमाण्डौ । जथाभावी रुपमा हुने घरजग्गा प्लटिङलाई अब सरकारले रोक्ने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउने वर्षदेखि विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबारको व्यवस्था मिलाइने बताएकी हुन् । 

यो घोषणापछि जथाभावी हुँदै आएको घरजग्गा कारोबार व्यवस्थित हुने दाबी सरकारको छ । 

घरजग्गा कारोबार विशिष्टकृत संस्थाबाट नहुँदा र व्यक्तिले जथाभावी गर्दा सरकारले रियल स्टेटबाट आउने राजश्व समेत गुमाइरहेको थियो । त्यस्तो संस्थामार्फत घरजग्गा कारोबारको व्यवस्था मिलाएर सरकारले यो क्षेत्रमा भइरहेको कर छलीमाथि समेत नियन्त्रण गर्न खोजेको हो । 

जथाभावी घरजग्गा कारोबारले सर्वसाधारण ठगिने क्रम समेत उसैगरी बढिरहेको थियो । यो संयन्त्रपछि थप व्यवस्थित हुने ठानिएको छ ।