काठमाण्डौ । ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको पौने ३ लाख बढी कित्ता संस्थापक सेयर भोलि भदौ ३१ गतेबाट लिलामीमा राखिने भएको छ।
ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता गरी कुल २ लाख ७६ हजार ६३६ कित्ता लिलामीमा राखिने भएको हो। यी लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकाही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिने ज्योति विकास बैंकको प्रतिकित्ता न्यूनतम १८५ रुपैयाँ र मञ्जुश्रीको २७५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सेयर संख्याका लागि कुनै हद लाग्ने छैन।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालय पेस गर्नुपर्नेछ।
बोलपत्र कात्तिक ३ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19