काठमाण्डौ । ज्वरो आएका बिरामीहरुलाई भर्ना गर्न नमान्ने जुनसुकै अस्पताल र त्यस्ता बिरामीलाई रेफर गर्ने डेडिकेटेड अस्पतालहरुमाथि सरकारले कारबाही गर्ने संकेत गरेको छ।
पछिल्लो समय देशका कतिपय अस्पतालहरुले ज्वरो आएका बिरामीहरुलाई गेटभित्रै प्रवेश गर्न नदिएका खबरहरु बाहिरिएसँगै सरकारले त्यस्ता स्वास्थ्य संस्थाप्रति कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका कुनै पनि अस्पतालले ज्वरोको बिरामीलाई त्यसरी भर्ना लिन्न भन्न नपाउने प्रष्ट पार्दै भने-'संक्रमणकालीन अवस्थामा सबैले मिलेर काम गर्नुपर्ने बेलामा यदि तपाईहरुले त्यसरी बिरामी फर्काउनुभएको छ भने थप कडा कदम चाल्न नपरोस् । मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उपचार गरौं ।'
उनले डेडिकेटेड अस्पताल, हब अस्पताल, प्रादेशिक अस्पालत र अन्य सबै अस्पतालहरुले फिभर क्लिनिक बनाउनुपर्नेमा जोड दिंदै त्यस्ता स्वास्थ्य संस्थामा सबै खालका आकस्मिक सेवा ज्वरोको बिरामीले समेत पाउनुपर्ने प्रष्ट पारे । 'अस्पतालले बिरामी फर्काउन पाउदैनन् । कतिपय अस्पतालहरुले कोरोनाका डेडिकेटेड अस्पतालमा बिरामी रेफर गर्न सक्छन्, तर डेडिकेटेड अस्पतालले त्यस्त बिरामीलाई अरुतिर रेफर गरे कारबाही हुन्छ ।' उनले थपे-'आउँदा दिनमा कुनै पनि अस्पतालले आकस्मिक सेवा लिन आएका कुनै पनि बिरामीलाई फर्काउन पाउने छैनन् ।'
उनले आपतको बेलामा सरकारी, गैरसरकारी, सामुदायिक सबै खालका अस्पतालहरुले हातेमालो गरेर अगाडि बढ्नुको अर्को विकल्प नरहेको समेत सुझाए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19