काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुले लगानीकर्तालाई दिने रिटर्न र कार्यक्षेत्रको विषयमा हालको व्यवस्थामाथि पुनरावलोकन गर्ने भएको छ ।
म्युचुअल फण्ड सञ्चालकहरुले लगानीकर्ताहरुलाई यथेष्ट रिटर्न दिन नसकिरहेका र ज्वाईँसरहका विविध सुविधाका बाबजुद पनि कार्यसम्पादन चित्तबुझ्दो नभएपछि धितोपत्र बोर्डले दिइरहेको सुविधा समेत कटौती गर्ने विषयमा बोर्ड तातेको हो ।
सर्वसाधारणबाट करोडौं रकम उठाई सेयर बजारमा विज्ञद्वारा सञ्चालित भनिएका म्युचुअल फण्डहरुले लगानीकर्तालाई सिंगल डिजिटमा मात्रै रिटर्न दिन थालेपछि धितोपत्र बोर्डले अब फण्ड सुपरभाइजरहरुको मूल्याङ्कन गर्ने र रिभ्यू गर्ने बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगाना बताउँछन् ।
धितोपत्र बोर्डको गत जेठ २५ गते आयोजित वार्षिक कार्यक्रममा समेत पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले म्युचुअल फण्डलाई प्रभावकारी नियमन गर्न बोर्डलाई निर्देशन दिएका थिए ।
हालसम्म आर्थिक वर्ष २०७६/७७ को प्रतिफल ६ वटा म्युचुअल फण्डले घोषणा गरेका छन् । हाल १८ म्युचुअल फण्डहरु सञ्चालनमा छन्, तर सुविधा ज्वाईँसरह लिने अनि लगानीकर्ताको हात सधैं रित्तै भएपछि बोर्डले कदम चाल्न लागिरहेको हो ।
कतिपय म्युचुअल फण्डहरुले ३-४ वर्षसम्म रिटर्न नदिने र दिए पनि कतिपय नाम चलेका म्युचुअल फण्डहरुले समेत सिंगल डिजिटमात्रै रिटर्न दिइरहेकामा लगानीकर्ताहरुले तीव्र विरोध र असन्तुष्टि जनाइरहेका छन् । म्युचुअल फण्डहरुलाई दिइँदै आएको सुविधाहरु समेत अब खोसिनुपर्ने जानकारहरु बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago