 
                     
                                
                             
                                    – अनन्त्य सुन्दर
काठमाण्डौ । सर्लाही जिल्लाको मालंगवा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७७ भदौमा सर्वसाधारणका लागि ८६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। तर, नेप्सेमा सूचीकृत भएकै यो लघुवित्तको सेयर कारोबार रोक्का गरिएको थियो।
नेप्सेस्थित सूचीकरण शाखाका एक कर्मचारीका अनुसार नेप्सेमा सूचीकृत भएकै दिन कारोबार रोक्का गरिएको समाज लघुवित्त पहिलो कम्पनी हो। स्वस्तिक लघुवित्तसँग मर्जमा जाने सम्झौता गरेसँगै २०७७ असोज ८ गतेदेखि समाज लघुवित्तको सेयर कारोबार नेप्सेले रोकका गरेको थियो।
२०७७ असोज ५ गते समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भएको थियो। तर, २०७८ भदौ १७ मा दुवै लघुवित्तका सञ्चालकबीच कुरा नमिलेसँगै मर्जर भाँडिएको थियो।
नेप्सेमा समाज लघुवित्तको सर्वसाधारण र संस्थापकको गरी कुल २ लाख कित्ता सेयर सूचीकृत छ। लगानीकर्ताको लाखौँ रकमबराबरको सेयर बन्धक भएको झन्डै २१ महिना भइसकेको छ।
समाज लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरी महत्तोले नियामकबाट कारोबार फुक्काको स्वीकृति भएमा आउँदो साउन महिनाभित्रै सेयर कारोबार हुने बताए। ‘समाज लघुवित्तको स्वस्तिक लघुवित्तसँग २०७७ असोज ५ मा मर्जर तय भएसँगै कारोबार रोक्का भएको थियो’, महत्तो भन्छन्।
त्यतिबेला दुवै लघुवित्तले डी–मर्ज गर्ने प्रयास गरेको पनि महत्तोले सुनाए। ‘तर, राष्ट्र बैंकको सहजीकरणमा दुवै लघुवित्तबीच राखिएका सतहरुमा आपसी समझदारी भएसँगै फेरि मर्जरमा जाने निर्णय भएको छ’, उनले भने, ‘दुवै लघुवित्तले विशेष साधारणसभा साउन ६ गतेका लागि बोलाएका छन्।’
विशेष साधारणसभासभा सम्पन्न भएको एक हप्ताभित्र सेयर कारोबार फुकुवाका नेप्सेमा निवेदन दिइने महत्तोले बताए। ‘राष्ट्र बैंकले लिखित रुपमा कारोबार फुक्काको स्वीकृत दिएमा नेप्सेमा साउन महिनाभित्रै सेयर कारोबारमा आउनेछ’, उनले भने।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19