काठमाण्डौ । झापाको एक ६२ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार पुरुषमा संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएका ती व्यक्ति आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ पुगेको छ । हालसम्म १० संक्रमित निको भएर घर फर्किसकेका छन् ।