काठमाण्डौ । प्रदेश १ को झापा जिल्लामा अर्का एक कोरोना संक्रमित फेला परेका छन् । 

स्वास्थ्य मन्त्रालयको अनुसार झापाको एक ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ५२ पुगेको छ, जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

यसअघि समेत झापाको दमकमा एक जेष्ठ नागरिकमा कोरोना संक्रमित भेटिएको थियो । 

पछिल्लो पटक संक्रमित पुष्टि भएका व्यक्तिको थ्रोट स्वाब कोशी अञ्चल अस्पतालमा पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । 

संक्रमित व्यक्ति अस्पतालको सम्पर्कमा रहेका र उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।