काठमाण्डौ । झापा क्षेत्र नं. ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेका छन्। 

त्यस क्षेत्रमा अहिलेसम्म ६ हजार २१५ मत गणना गरिएको छ। अहिले गौरीगन्ज गाउँपालिकाबाट गणना भइरहेको छ। 

अहिलेसम्म ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्।

ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत प्राप्त गरेका छन्। उनी ओलीभन्दा १ हजार ६८९ मतले पछाडि छन्।