काठमाण्डौ । झापा क्षेत्र नं. ५ मा पछिल्लो मतपरिणाममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अग्रता लिएका छन्। 

हालसम्मको मतगणनाअनुसार ओलीले आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता कायम राखेका छन्। उनले २ हजार २०० मत प्राप्त गरेका छन्। 

यो क्षेत्रमा कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी दोस्रो स्थानमा छन्। उनले ९४८ मत प्राप्त गरेका छन्। उनी ओलीभन्दा १ हजार २५२ मतले पछाडि छन्। 

तेस्रोमा राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेल छन्। उनले ३४० मत प्राप्त गरेका छन्।