काठमाण्डौ । धितोपत्र कारोबार साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य बढोत्तरी भएको छ।
बजार आज ४.१५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८७०.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले बढेर ३६७.१४ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर पौने १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे बजार तत्काल धेरै तल–माथि गर्ने सम्भावना नरहेको बताउँछन्। ‘अझै पनि चाडपर्वकै मुडामा बजार रहेको देखिन्छ’, उनले भने।
हिजोआज सामान्य कारोबारमात्रै भएको घिमिरे बताउँछन्। आगामी दिनमा अन्तर्राष्ट्रिय परिवेश, कम्पनीले घोषणा गर्ने लाभांशको अवस्थालगायतले बजारको दिशा निर्धारण गर्ने उनको बुझाइ छ।
मुख्यगरी नीतिगत परिवर्तन नभएसम्म बजार लय लिन नसक्ने घिमिरेको ठम्याइ छ। ‘सबै कर्जामा जोखिम भार १०० प्रतिशत भएमा बजारले लय समात्न सक्छ’, उनले भने।
अर्का बजार जानकार प्रेम ओली चुनावसम्म बजार साइडवेजमै चल्ने सम्भावना रहेको बताउँछन्। ‘अहिले राजनीतिक तथा आर्थिक अन्यौलताका कारण पनि बजारले लय लिन नसकेको हो’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५३ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०७ प्रतिशत, व्यापार समूहमा ०.०७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१९ प्रतिशत, वित्त समूहमा ०.८९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४३ प्रतिशत, अन्य समूहमा ०.१९ प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत, जीवन बीमा समूहमा ०.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१३ प्रतिशत र लगानी समूहमा ०.२ प्रतिशतको बढोत्तरी भएको छ।
आज जलविद्युत समूह ०.१२ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका २६ लाख ९८ हजार ३४७ कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँमा किनबेच भएका छन्।
आज नबिल बैंकको सर्वाधिक ३ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन शिवम सिमेन्टको २ करोड ९१ लाख रुपैयाँ, रिडी पावरको २ करोड ८३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ८२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको २ करोड ७१ लाख रुपैयाँ, सिटिजन्स बैंकको २ करोड ५६ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ९ लाख रुपैयाँ, अरुण काबेली पावरको १ करोड ९९ लाख रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयरको १ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन अभियान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
आज गणपति लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago