काठमाण्डौ । सेयर बजार बुधबार झिनो अंकले उकालो लागेको छ।
बजार आज १.०२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९१९.४२ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६८ अंकले बढेर ३६१.२१ को विन्दुमा उक्लिएको छ। कारोबार भने सुस्तार पौने १ अर्ब रुपैयाँ बढीको मात्रै भएको छ।
बजार जानकार निर्मल रानाभाट आजको कारोबार हेर्दा लगानीकर्ताहरुको मनोबल अझै बढ्न नसकेको बताउँछन्। ‘समग्र आर्थिक गतिविधिमा सुस्तता देखिँदा लगानीकर्तामा आत्मबल नबढेकोजस्तो देखिन्छ’, उनले भने।
सरकार र नियामक निकायबाट पुँजीबजार सुधार र विकासका लागि कुनै पनि पहल नभएकोले लगानीकर्ताहरु निराश बनेको रानाभाट बताउँछन्।
सक्रिय लगानीकर्ता विदूर पाण्डे मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा लगानीकर्ता पनि पर्ख र हेरको रणनीतिमा बसेको हुन सक्ने बताउँछन्। ‘अर्थमन्त्रीमा कस्ता व्यक्ति आउलान् भन्ने पर्खाइमा लगानीकर्ता बसेकोजस्तो देखिन्छ’, उनले भने।
त्यसैले अबको १–२ दिनमा मन्त्रिमण्डल पनि विस्तार हुने र त्यसपछि मात्रै बजारको लय तय हुन सक्ने पाण्डेको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.३४ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.५३ प्रतिशतले बढ्दा लगानी समूहमा ०.२२ प्रतिशत, लघुवित्त समूहमा ०.१९ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२१ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक ०.८९ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.४५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०१ प्रतिशत, वित्त समूहमा ०.३४ प्रतिशत, जलविद्युत समूहमा ०.०४ प्रतिशत, जीवन बीमा समूहमा ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.१९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५८ कम्पनीका २५ लाख ३९ हजार ४८ कित्ता सेयर ८१ करोड ६२ लाख १९ हजार १३० रुपैयाँमा कारोबार भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ३ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सानिमा माई हाइड्रोपावरको ३ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको २ करोड ५२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५१ लाख रुपैयाँ, एसियन हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ९२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९० लाख रुपैयाँ, सोल्टी होटेलको १ करोड ५२ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ करोड ४० लाख रुपैयाँ र नागरिक लगानी कोषको १ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। यो दिन सुपर माई हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा कालिञ्चोक दर्शनको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन खप्तड लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतले बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago