काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले उकालो लागेको छ।
बजार आज ५.७२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३१६०.०५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५६ अंकले उकालो लागेर ५९२.९३ को विन्दुमा पुगेको छ। आज कारोबार रकम झन्डै १६ अर्ब रुपैयाँबराबरको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल मौद्रिक नीतिमा अधिकतम १२ करोड रुपैयाँसम्मको सेयर धितो कर्जाको सीमाले बजारमा केही प्रभाव परेको बताउँछन्। ‘तर दीर्घकालीन प्रभाव पर्दैन, बजार पुनः लयमा फर्किन्छ’, उनले भने।
आज अन्तिम सयममा बजार उकालो लागेकोले यसलाई सकारात्मक रुपमा लिनुपर्ने ढकाल बताउँछन्। ‘सेयर कर्जा सीमाका विषयमा पुनरावलोकन हुने अर्थमन्त्रीले आश्वासन दिएका छन्, यसले बजारमा सकारात्मक सन्देश गएको छ’, उनले भने।
यस विषयमा अर्थमन्त्रीले सोचविचार गर्नेमा लगानीकर्ता पूर्ण आश्वस्त रहेको पनि ढकालको भनाइ छ। ‘सेयर कर्जा सीमाको व्यवस्था सच्चाउनुपर्छ’, उनले भने।
सक्रिय लगानीकर्ता रोहन कार्की पनि सेयर कर्जाको सीमा पुनरावलोकन गर्न अर्थमन्त्री सकारात्मक देखिएकोले आज बजार बढेको बताउँछन्। ‘अब केही दिनमै बजारले गति लिन्छ’, उनले भने।
अहिले बजारमा लाभांशका आधारमा लगानी भइरहेको पनि कार्कीको भनाइ छ। ‘ब्याजदर तत्काल बढ्ने सम्भावना छैन, यसले बजारलाई गति दिन थप मद्दत पुग्छ’, उनले भने।
बजार बुलिस ट्रेन्डमै रहेको उल्लेख गर्दै कार्कीले आगामी साताबाट बजारमा नयाँ–नयाँ रेकर्ड बन्न सक्ने बताए।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.२८ प्रतिशतले उकालो लागेको छ। लगानी समूह २.२५ प्रतिशतले बढेको आज व्यापार समूहमा १.६९ प्रतिशत, विकास बैंक समूहमा १.३४ प्रतिशत, जलविद्युत समूहमा १.१ प्रतिशत, अन्य समूहमा ०.१७ प्रतिशत र लघुवित्त समूहमा ०.९७ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन वित्त समूह सर्वाधिक ०.९७ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.९६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.५४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४७ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७.५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेसनल हाइड्रोको सर्वाधिक ७४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको ६४ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको आज एचआईडीसीएलको ५४ करोड ८४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४८ करोड ४८ लाख रुपैयाँ, अपी पावरको ४७ करोड ९७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४० करोड ६९ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ४० करोड ३५ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ३७ करोड ४९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३७ करोड ४० लाख रुपैयाँ र एचआईसी एसिया बैंकको ३६ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेसनल हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन रुरु जलविद्युत र हिमालय ऊर्जा विकासको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन आईसीएफसी फाइनान्सको सेयरधनीले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago