काठमाण्डौ । साताको पहिलो दिनको बजारमा खरीद चाप ह्वात्तै बढेको छ । बिक्री चाप घट्दा सेयर बजार परिसूचक(नेप्से) ७.९७ अंकले बढेर १४३१.८० विन्दूमा पुुगेको छ भने कारोबार रकम घटेर ३६ करोडमा सीमित बन्न पुुगेको छ ।
बजारमा खरीद चाप बढ्नुु भविष्यका लागि सुखत संकेत हो । तर, बजार परिसूचकसँगै कारोबार रकम नबढ्नुुले पनि लगानीकर्ताहरुमा चिन्ता बढाइदिने गर्छ ।
यो दिन बजारका बित्त र अन्य समूह बाहेक सबैको सूचक बढ्यो । बित्त समूह १.१४ र अन्य समूह ०.५७ अंकले घट्यो ।
यस्तै, बैकिङ समूह १.८५ अंक, बिमा समूह १६५.८७ अंक, विकास बैंक ९.३२ अंक, माइक्रोफाइनान्स समूह २०.६ अंकले बढेका छन् । यस्तै, जलविद्युत समूहमा ४.२ अंकले बढेको छ भने होटल समूह १४.२७ अंक र उत्पादनमूलक समूह १० अंकले बढेका छन् ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेका कारण सेन्सेटिभ इण्डेक्स १.७३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५७ अंकको बढोत्तरी भएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका १५ लाख ८ हजार १०० कित्ता सेयर ३६ करोड १६ लाख २५ हजार १ सय २९ रुपैयाँमा किनबेच भयो ।
यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड २७ लाख बढीको कारोबार गर्यो । यस्तै, एभरेष्ट बैंकले १ करोड ९५ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ४६ लाख बढीको कारोबार गर्यो भने नागबेली लघुवित्त विकास बैंकको १ करोड ३० लाख बढीको संस्थापक सेयर समेत खरीदबिक्री भयो । यो दिन सानिमा माई हाइडोले १ करोड दुुर्ईलाख बढीको कारोबार गर३यो भने बाँकी अन्य सबै कम्पनीले १ करोड भन्दा तल नै कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मल्टीपर्पोज फाइनान्स कम्पनीले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले समेत ५.३२ प्रतिशतले कमाए ।
यो दिन फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको संस्थापक सेयरको मूल्यमा ५.६४ प्रतिशतले गिरावट आयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19