काठमाण्डौ । सेयर बजारमा आज कारोबार खुलेको आधाघण्टाको अवधिमा करिब डेढ अर्बको कारोबार भएको छ । 
यसले कारोबार(टर्नओभर)मा समेत उछाल आएको देखाउँछ।

धेरै लामो समयपछि छोटो समयमै यति ठूलो कारोबार भएको हो । पहिलो आधाघण्टाको कारोबारको ट्रेण्ड अन्तिमसम्मै  जारी रहे आज बजार बन्द हुँदासम्म १० अर्ब बढीको कारोबार हुनसक्ने देखिन्छ ।  

प्रिओपन सेसनमा २५.५५ अंकले बढेको बजार आज खुलेदेखि केही बढेर घट्यो । त्यसपछि फेरि बढेर पुनः घट्यो । घटबढको श्रृंखला जारी छ ।  

हिजो बढेका कारण थोरै भए पनि प्रफिट बुक गर्ने र आज अझै किनेर भविष्यमा राम्रो रिटर्न लिन चाहनेबीच किनबेचको दोहोरी नै चलेको छ । 

बजारको ट्रेण्ड हेर्दा बाठा लगानीकर्ताले नेप्से तल झार्दै कम्पनीका सेयरहरु सस्तोमा उठाउँदै गरेको जस्तो देखिन्छ । यस्तो बेलामा लगानीकर्ताले बुद्धिमतापूर्वक निर्णय लिनुपर्छ । यस्तो बजारमा आत्तिएर बेच्नु मूर्खता हुने जानकारहरुको तर्क छ ।