काठमाण्डौ। टाउको जोडिएका जुम्ल्याहा छुट्याउने ७३ वर्षीय अमेरिकी न्युरोसर्जन डा जेम्स टी गुडरिचको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ।
डा गुडरिचको सोमबार मृत्यु भएको हो। सन् २०१६ मा डा गुडरिच नेतृत्व ४० जना चिकित्सकको टोलीले २७ घन्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याएका थिए। मोन्टेफियोरे अस्पतालमा अपरेसन भएका बेला जेडन र एनियस १३ महिनाका थिए। अहिले जेडन र एनियसको शारीरिक आम रुपमै विकास भइरहेको छ।
डा गुडरिचले ब्रोङ्क्स अस्पतालमा पेडियाट्रिक न्युरोसर्जरी विभागमा ३० वर्षभन्दा बढी बिताए। अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनमा पनि उनले लामो समय न्युरोलोजिकल सर्जरी, पेडियाट्रिक्स तथा प्लास्टिक सर्जरीका विषयमा प्राध्यापन गरेका थिए।
गुडरिच ओरेगनका स्थायी बासिन्दा थिए। भियतनाम युद्धका बेला उनी अमेरिकी जलसेनामा पनि आबद्ध भए। डा गुडरिचका पत्नी र ३ छोरी छन्।
पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिले भइरहेको छ। अमेरिकामा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ भने संक्रमितको संख्या १ लाख ६० हजारभन्दा बढी छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago