Ratan Tata
काठमाण्डौ । टाटा ग्रुप अहिले विवादमा तानिएको छ । सो ग्रुपको अध्यक्ष पदको बिषयलाई लिएर उठेको विवादले रतन टाटा हिजोआज विवादमा छन् । नाटकीय रुपमा उठेको विवादका कारण एकपछि अर्को गर्दै टाटा ग्रुप विवाद र नयाँ समस्यामा फस्दै गएको देखिएको छ । यस्तो अवस्थामा कम्पनीलाई अगाडि बढाउन र विवादमुक्त बनाउने उद्देश्यले रतन टाटा आफैं अग्रसर भएका छन् । उनी सफल व्यवसायी बन्न चाहने युवा पुस्तालाई प्रेरणाको स्रोत बनिरहेका छन् र त्यस्ता मन्त्र समेत बाँडिरहेका छन् । भारतीय मिडियाहरुको सहयोगमा हामीले यहाँ रतन टाटाका ९ सफलताका मन्त्र तयार गरेका छौ । जीवनमा सफल बन्न चाहनेका लागि समेत यी ९ मन्त्र उपयोगी हुने बिजशाला टिमको विश्वास छ ।
रतन टाटाका मन्त्र :
१) जीवनमा उतारचढाव जरुरी हुन्छ । किनकि मुटुको इसीजी गर्दा पनि सिधा लाइनको रिपोर्ट आउनु भनेको हामी जिवित रहेनौ भन्ने हो ।
२)तेज गतिमा अगाडि बढ्न चाहनुहुन्छ भने एक्लै अगाडि बढ्नुस् । तर धेरै परसम्म हिँड्न चाहनुहुन्छ भने चाहि साथ साथ चल्नुहोस् ।
३)व्यक्तिलाई अरु कसैले होइन, उसको सोंचले नै बर्बाद बनाइदिनसक्छ ।
४)सबैसँग समान क्षमता हुँदैन । तर त्यस्तो क्षमताको विकास गर्ने सबैसँग समान अवसर अवश्य हुन्छ ।
५) कुनै पनि कामलाई समयसीमाभित्रै सम्पन्न गर्नु पर्छ । र, जुन काम गर्दा मज्जा आउँछ, त्यही मात्र गर्नुपर्छ ।
६) तपाईंलाई मानिसले प्रहार गरेका ढुंगाहरु भेला पार्नुहोस् । र, तिनैको मद्धतले तपाई एउटा ठूलो महल खडा गरिदिनुहोस् ।
७) जब म उडान भर्न असक्षम हुनेछु, त्यो दिन मेरो जिन्दगीको निकै दुःखद दिने हुनेछ ।
८) मानिसले तपाईंको स्वाभिमानप्रति कुनै मतलब राख्दैनन्, त्यसकारण पहिला आफैंलाई प्रमाणित गरेर देखाउनुहोस् ।
९) तपाईंको गल्ती मात्र तपाईंको हो । तपाईंको पराजय पनि मात्र तपाईकै हो । कसैलाई दोष नलगाउनुहोस् । सबैसँग सिक्नुहोस् र अगाडि बढ्नुहोस् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago