काठमाण्डौ । कारोबार सुरु भएको २५ मिनेटमै अवरुद्ध बनेको कारोबार व्यवस्थापन प्रणाली(टिएमएस)को समस्या समाधान भएको छ । 

नेप्सेले एक सूचना प्रकाशित गरी टिएमएसको समस्या समाधान भइसकेको उल्लेख गर्दै आजको नियमित कारोबार २ः१५ बजेदेखि सुचारु हुने जनाएको हो । 

आजको नियमित कारोबार ५ः१५ सम्म संचालन हुने बताइएको छ ।