काठमाण्डौ । लामो समय सेयर बजार बियरिस ट्रेण्डमा गएपछि धेरै लगानीकर्ता अहिले सेयर कारोबार नै बन्द गरेर बसेका छन् । लामो समय कारोबार नगरेपछि टीएमएसको पासवोर्ड बिर्सनु स्वभाविक नै हो । टीएमएसमा गएर नयाँ पासवर्ड सेट गर्न धेरै गाह्रो भने छैन । आज हामीले तिनै लगानीकर्ताहरुको समस्यालाई सहज रुपमा समाधान गर्ने हेतूले यो सामाग्री तयार पारेका छौं । बिर्सिएको टिएमएसको पासवर्ड कसरी पुनः सेट गर्ने त ? यस्तो छ पासवर्ड पुनः सेट गर्ने विभिन्न स्टेपहरु:

स्टेप १ 
सबैभन्दा पहिले आफ्नो ब्रोकरको टीएमएस साइटमा गएर लगइन गर्नुहोस् र फर्गेट पासवर्ड भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

स्टेप २ 

पहिलो स्टेप पूरा भएपछि तपाईको कम्प्युटर स्क्रिनमा युजर नेम र इमेल एड्रेस भर्न अनुरोध गरिएको हुन्छ । युजर नेम भनेको तपाईलाई ब्रोकरले दिएको क्लाइन्ट आइडी हो । इमेल एड्रेस भने तपाईसँगै हुन्छ । तर, तपाईले इमेल एड्रेस ब्रोकरकोमा खाता खोल्दाकै हाल्नुपर्नेछ, नयाँ इमेल सिस्टमले स्वीकार गर्दैन ।  तस्विरमा हेर्नुहोस रातो एरो:

 

दोस्रो स्टेप पूरा भएपछि टीएमएमसले तपाईलाई एउटा इमेल पठाउँछ । यदि इमेल पाउनु भएन भने तपाइले नेप्सेको आइटी शाखामा सम्पर्क गर्नुपर्ने हुन्छ । तर सामान्य अवस्थामा तपाईलाई इमेल आउँछ । इमेल खोलेर तपाईले लगइन अप्सनमा गएपछि नयाँ पासवर्ड भर्न मिल्ने बक्स देखिन्छ (हेर्नूहोस तल तस्विरमा रातो एरो):

पासवर्ड सेट गर्दा भने तपाईले केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । पासवर्ड कम्तीमा ७ देखि १४ अक्षरको हुनुपर्छ भने पहिलो अक्षर क्यापिटल हुनुपर्छ । यसको साथै अंक र अक्षरसँगै एट द रेट तथा अन्डर स्कोर जस्ता विशेष अक्षर राख्नुपर्छ । त्यस्तो पासवर्डलाई दोश्रोपटक पनि टाइप गरी पुनः कन्फर्म गर्नुपर्ने हुन्छ । 

यति भएपछि डिस्प्लेमा तपाईको पासवर्ड पुनः सेट गर्ने प्रक्रिया सफल भएको म्यासेज देखिनेछ ।