काठमाण्डौ । ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा अवरुद्ध भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उच्च अधिकारीहरुको समस्या समाधानका लागि बैठक सुरु भएको छ। 

टीएमएस नचलेपछि नेप्सेमा उच्च अधिकारीहरुको बैठक बसिरहेको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। सिस्टम अवरुद्ध भएपछि त्यसलाई समाधान गर्न आईटी टिमसमेत खटिसकेको उनले जानकारी दिए। कारोबार समय ३ बजेभन्दा अघि नै समस्या समाधान भएको खण्डमा समय थप हुने वा ३ बजेपछि समाधान भएमा चाहिँ कारोबार समय के गर्ने विषयमा उच्च अधिकारीहरुले थप निर्णय गर्ने उनको भनाइ छ।

नेप्सेस्थित स्रोतका अनुसार टीएमएसमा केही सेवा अवरुद्ध भएकोमा त्ससलाई सच्याउने काम भइरहेको र केही समयभित्रै समाधान भइसक्ने बताइएको छ। अर्थात् १५ मिनेटजति समयभित्रै समस्या समाधान गरिने स्रोतको जिकिर छ।