काठमाण्डौ । आइएमई पे र सोर्स कोड प्रालिबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट दिने सम्झौता भएको छ। 

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पेबाट टीएमएसमा लोड कोल्याट्रल  र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५% छुट पाउने बताए। 

डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टीएमएसमा आइएमई पे छनोट गरी लोड कोल्याट्रल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेजमार्फत पाउनेछन्। उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरे।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घिघत आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट  विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।

स्मार्ट वेल्थ प्रो सेयर बजार विश्लेषण गर्ने र आफ्नो सेयर पोर्टफोलिओ व्यवस्थापन गर्ने सफ्टवेयर हो। स्मार्ट वेल्थ प्रो सबै लगानीकर्ताका लागि एकदम नै उपयोगी हुन्छ। लगानीकर्ताले सेयर बजारका सबै जानकारी यहाँ पाउन सक्छन्। 

लगानीकर्ताले यस सफ्टवेयरमार्फत नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै कम्पनीहरुको आधारभुत तथा प्राविधिक विश्लेषन गरेर लगानी गर्नको लागि सबैभन्दा उपयुक्त प्लान रोज्न सक्नेछन्। स्मार्ट वेल्थ प्रोले हरेक साता एउटा न्युजलेटर निकाल्ने गर्छ जस्मा साता भरीको नेप्सेको विश्लेषण गरिएको हुन्छ। साथै कुनै पनि कम्पनीको आधारभुत तथा प्राविधिक विश्लेषन पनि गरिएको हुन्छ। 

स्मार्ट वेल्थ प्रोले बेलाबेला सेयर तालिम पनि दिने गर्दछ। नयाँ लगानीकर्ताहरु लाई सेयर बजारमा कसरी लगानी गर्ने, कुन सेयर किन्ने, कसरी आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने भनेर सिकाउने गर्दछ। यस्तो तालिममा स्मार्ट वेल्थ प्रोका ग्राहकहरुलाई विशेष छुट पनि छ।