काठमाण्डौ । कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सेयर खरिद–बिक्री अर्डर राख्नका लागि सीएनसी, एलएमटी र एमकेटी अप्सन रहेका छन्।  

सीएनसी र एलएमटीमा नियमित अर्डर राख्ने काम हुन्छ। तर,  टीएमएसमै एउटा एमकेटी (मार्केट अडर) अप्सन रहेको हुन्छ। (हेर्नुुहोस् कालो एरो) 

मार्केट अर्डर भनेको बजारमा चलेको मूल्यअनुसार सेयर कारोबार हुने एक आदेशको प्रकार हो। 

उदाहरणका लागि ब्रोकर हाउसमा भरिने आदेश फाराममा एउटा लगानीकर्ता स्वयंले मूल्य राख्ने अप्सन हुन्छ भने अर्को भनेको ब्रोकरलाई नै बजारमा चलेको मूल्यमा सेयर किनबेच गर्न सक्ने गरी व्यवस्था गरिएको हुन्छ। त्यस्तो फाराममा लगानीकर्ताले ब्रोकरलाई नै कारोबारको आदेश पनि दिन सक्छन्। 

हाल टीएमएसमा पनि त्यही सुविधालाई हेरेर एमकेटी अप्सन राखिएको हुन्छ। यो भनेको बजारमा चलेको मूल्यमै कारोबारको कुनै पनि समयमा लगानीकर्ताले एकैपटक सेयर किन्न वा बेच्न सक्ने टीएमएसको फिचर हो। यसमा एकैपटक एमकेटी अप्सनमा गएर अर्डर भएअनुसारको कित्ता बजारमा चलेको मूल्यमै किनबेच हुन्छ। 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार कारोबारको कुनै पनि समयमा एमकेटी अप्सन प्रयोग गर्न मिल्न भएकोले चलखेल भन्न नमिल्ने बताए। ‘अन्तिम समयमा किनबेच गर्नु लगानीकर्ताको इच्छा हो’, उनले भने, ‘त्यसैलाई नै चलखेल भनिहाल्न मिल्दैन। तर, बजारमा केही लगानीकर्ताले भने चलखेल भएको गुनासो गर्ने गर्छन्।’